असार २४, २०८२ मंगलबार July 8, 2025

जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य उडान स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गरिएको छ।

यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान स्गथगितलाई शनिबार बसेको उच्चस्तरीय समन्वयन समितिलेले मे १५ अर्थात् जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको हो।

शनिबारको बैठकमा कोभिड १९ को रोकथामका विषयमा विस्तृत रुपमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिएका छन। तर उनले लक डाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले छिट्टै गर्ने जानकारी दिएका छन।

स्रोतका अनुसार समितिले थप एक हप्ता लक डाउन लम्ब्याउन सिफारिस गरेको छ। बैठकले कोरोना भाइरसको रोकथामका लागि भएका प्रयास प्रभावकारी भएको निष्कर्ष निकाल्दै सबै प्रदेशमा आवश्यक मात्रमा औषधि तथा अन्य उपकरण भएको जानकारी दियो।

हालसम्म ४९ जनामा कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये दश जना निको भएर घर फर्किएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार