श्रावण ७, २०८२ बुधबार July 23, 2025

अध्यक्ष कप भलिबल उपाधि आयोजक चिशंखुगढीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि आयोजकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउँदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो ।

चिशंखुगढीले रावाबेँसीलाई ३–१ सेटमा हराएको थियो । प्रतियोगितामा मोलुङ गाउँपालिका तेस्रो भयो । ऐसेलुखर्क गाउँपालिका खोटाङले सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम भएको आयोजक समेत रहेको चिशंखुगढी गाउँपालिकाले एक लाख ५५ हजार ५५५ रुपियाँसहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार जितेको छ ।

दोस्रो भएको रावाबेँसी खोटाङले एक लाख ११ हजार १११, तेस्रो भएको मोलुङ गाउँपालिकाले ७७ हजार ७७७ र ऐसेलुखर्क खोटाङले सान्त्वना स्वरूप ३३ हजार ३३३ रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ  ।

विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । यसै अवसरमा राष्ट्रिय खेलाडी भएका गाउँपालिकावासी खेलाडीहरूलाई समेत सम्मान गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

खेल क्षेत्र र युवाहरूको विकासका लागि गत वर्षदेखि चिशंखुगढी गाउँपालिकामा अध्यक्ष कप पालिका स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष शर्माको भनाई छ । प्रतियोगितामासात पालिकाहरूको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार