श्रावण ७, २०८२ बुधबार July 23, 2025

सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा

भोलि (शुक्रबार) घरेलु (आयोजक) टोली मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४– २ को गोलअन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको त्रिभुवन आर्मी क्लब भर्सेज सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा  दुवै टिमले समान अवसरहरू प्राप्त गरेपनि दुवै टिमले सदुपयोग गर्न भने सकेनन् ।

खेलको  २८ औ मिनेटमा एपीएफका मणि लामाले डिबक्स भित्रबाट प्रहार गरेको बल गोल पोप्ट नजिकै बाहिर जाँदा गोल हुनबाट चुक्यो । यस्तै आर्मीका नवयुग श्रेष्ठले ३६ औ मिनेटमा राम्रो अवसर प्राप्त गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् ।

निर्धारित समयको पहिलो हाफमा दुवै टिमको कुनैपनि गोल हुन सकेन । यस्तै दोस्रो हाफको सुरुवाती समयमा आक्रमण खेल प्रदर्शन गरेको त्रिभुवन आर्मी क्लबले ५३ औ मिनेटमा विपक्षी गोलपोप्ट नजिकै पाएको फ्रिकिक बलको अवसरलाई पुग्न खेर फाल्न पुग्यो । आर्मीका टेक बहादुर बुढाथोकीले हानेको प्रहार गोल पोप्ट नजिकैबाट बाहिरिन पुग्यो ।

त्यस्तै आर्मीकै दीपक गुरुङको लङसुट पासलाई दिनेश हेम्जनले खेर फाले । उता एपीएफ क्लबले पनि ७२ औ मिनेटमा विपक्षी टिमको गोलपोप्ट नजिकै बुद्धिमान राईले दिएकोराम्रो पासलाई सनिश श्रेप्ठले सदुपयोग गर्न सकेनन् । निकै रोमाञ्चाक  प्रतिस्पर्धात्मक खेलको निधारित समयमा दुवै टिमले कुनैपनि गोल हुन नसक्दा खेल टाइब्रेकरको धकेलिन पुग्यो ।

टाइब्रेकरका त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गर्न सफल भए । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे  ।

यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबका लागि  नवीन लामा, सुदिप सिख्राकार, सनी श्रेष्ठ र दिपेश धिमालले गोल गरे । अन्ततः सशस्त्र प्रहरी ४– २ को गोलअन्तरले विजेता हुँदै सेमिफाइनलमा आफनो सिट सुरक्षित गर्न पुग्यो ।

आज भएको खेलमा सशस्त्रका गाोलरक्षक राजु नगरकोटीले म्यान अफ दी म्याच घोषित भए । उनले उनले नगद १० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भोलि (शुक्रबार) घरेलु (आयोजक) टोली मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार