श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालले स्कटल्याण्डलाई तीन विकेटले हरायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले एक सय १६ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ८५ रनको योगदान दिएका हुन् । त्यसैगरी कुशल मल्लले ८१ रनको योगदान दिए । उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन् ।

यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए । कुशल भुर्तेलले १६ रन जोडे । आशिफ शेखले नौ, कप्तान रोहित पौडेलले छ, सन्दीप जोराले पाँच तथा ज्ञानेन्द्र मल्लले चार रन बनाए ।

बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो । स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।

त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर  म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे ।  क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए । नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार