श्रावण ७, २०८२ बुधबार July 23, 2025

इङ्लिस प्रिमियर लिग : एस्टन भिल्लालाई ४–२ गोलले हराउँदै आर्सनल बिजयी

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो।

आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरे । उसले एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे । जितसँगै आर्सनलको २३ खेलमा ५४ अङ्क भएको छ । पराजित एस्टन भिल्ला समान खेलमा २८ अङ्ककासाथ ११औँ स्थानमा छ।

गएराति भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २–० गोलले तथा साउथह्याम्पटनले चेल्सीलाई, बर्नमाउथले उल्भ्सलाई, एभर्टनले लिड्स युनाइटेडलाई र फुलह्यामले ब्राइटनलाई १–० गोलले हराएको छ । नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार