श्रावण ७, २०८२ बुधबार July 23, 2025

आईसीसी विश्वकप क्रिकेट लिग २ – स्कटल्याण्डले नेपाललाई दियो २ सय १३ रनको चुनौती

केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् ।

केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया