श्रावण ७, २०८२ बुधबार July 23, 2025

पोखरामा आजदेखि गल्फ प्रतियोगिता सुरु हुँदै

प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो ।

माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी सहभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।

यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर रु आठ लाख पु¥याइएको छ । प्रतियोतिाको विजेताले रु एक लाख ४० हजार, उपविजेताले रु ९० हजार र तेस्रो हुने खेलाडीले रु ६७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार