श्रावण ७, २०८२ बुधबार July 23, 2025

यु-१९ विश्वकपको एसिया छनोटका लागि नेपाली टिमको बिदाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरे युवा क्रिकेट टिमको बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टिम बुधबार युएई प्रस्थान गर्दै छ। श्रीलङ्कामा २०२४ मा हुने एक दिवसीय यु–१९ विश्वकपको एसिया छनोटका लाटी टिम युएई प्रस्थान गर्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा क्रिकेट टिमको बिदाइ गरेको हो।

१२ फागुनदेखि सुरु हुने छनोट प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक युएई सहभागी रहेका छन्।

नेपाली टोलीलाई राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्। प्रतियोगितामा नेपाली टिमको कप्तानी देव खनालले गर्ने छन्। टिमको प्रशिक्षकको जिम्मेवारी मुख्य प्रशिक्षक जगत टमटाले लिएका छन्।

मुख्य प्रशिक्षक टमाटाले नेपालको लक्ष्य शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट हुने भएको बताए। ‘युएईमा हाम्रो प्रयास च्याम्पियन हुँदै विश्वकपमा पुग्ने हुने छ। त्यसैले सबै खेल फाइनल सरह नै हुने छ। हामीले झण्डै दुई महिनाको अभ्यासमा धेरै कुरामा अभ्यास गरेका छौँ। खेलाडीमा क्षमता छ’, उनले भने।

यु( १९ का कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा स्थान बनाएर स्वदेश फर्कने लक्ष्य रहेको बताए। ‘हामीले क्याम्पमा धेरै राम्रो अभ्यास गरेका छौँ। टिम राम्रो छ र इतिहास रच्न सक्ने विश्वास छ। ८ वर्षपछि विश्वकपमा पुगेर फर्किने विश्वासमा छौँ’, उनले भने।

खेल तालिका अनुसार नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध खेल्ने छ। दोस्रो खेलमा २५ फेब्रुअरीमा कुवेतसँग प्रतिस्पर्धा गर्दा २७ फेब्रुअरी मा हङकङ र २८ फेब्रुअरी मा मलेसियाको सामना गर्ने छ। नेपाली टिमले घरेलु टोली युएईसँग २ मार्चमा प्रतिस्पर्धा गर्ने छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यु–१९ विश्वकपमा स्थान बनाउने छ।

नेपाली टिम :

देव खनाल (कप्तान्र), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क), दीपक बोहरा (ख) उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार