श्रावण ७, २०८२ बुधबार July 23, 2025

सन्दीप लामिछानेको सुनुवाइ भोलि

विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपको निवेदन पेशी शुक्रबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदनको पेशी सर्वोच्च अदालतले भोलि (शुक्रबार)का लागि तोकेको छ। आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले बिहीबार निवेदन दिएपछि सर्वोच्चले यसको सुनुवाइ भोलि गर्ने गरी पेशी तोकेको हो।

विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका हुन्। पेशी तोकिएपछि शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न युएई जान पाउनेछन्।

तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको युएई यात्रा रोकिने छ। यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार युएई जाने टोलीको घोषणा गरेको छ। जसमा सन्दीपलाई समावेश गरिएको छैन।

टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जिसी र श्याम (मौसम) ढकाल छन्।

गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान प्रतिबन्ध लगाएको थियो। उपत्यका छाडेर जाँदा पनि अनुमति लिनुपर्ने आदेश अदालतको थियो।

नेपालमा हालै भएको लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएपछि सन्दीपलाई युएई लैजान क्रिकेट संघले पनि पक्रिया अघि बढाएको छ।

सिरिजकै सर्वाधिक विकेट लिएका सन्दीप लिग २ कै बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा परेका छैनन्। अदालतको प्रतिबन्धका कारण टोलीमा नपरेका उनी प्रतिबन्ध फुकुवाको मागसहित सर्वोच्च पुगेका हुन्। यदि शुक्रबार सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जानेछन्।

सन्दीपलाई यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार