श्रावण ७, २०८२ बुधबार July 23, 2025

युरोपा कप – म्यानचेस्टर युनाइटेड युरोपा कपको अन्तिम १६ मा प्रवेश

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलले घरेलु टोली युनाइेडले स्पेनिस क्लब बार्सिलोनामाथि २-१ गोलअन्तरको जित निकालेको छ। योसँगै युनाइटेडले समग्रमा ४-३ गोलअन्तरको जित निकाल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गर्‍यो। यसअघि पहिलो लेगको खेलमा युनाइटेड र बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएका थिए।

गएराति सम्पन्न खेलमा १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भयो।

खेलको ४७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै फ्रेडले खेल बराबरीमा ल्याए। त्यस्तै ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दा युनाइटेडले दोस्रो लेगको खेलमा २-१ गोलले जित निकालेक हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार