असोज १२, २०८३ सोमबार September 28, 2026

नेकपा सचिवालय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो ।

मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।

बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताएका छन । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।

यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो । तर, बैठक बसिरहेको बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि अब अध्यादेशमा छलफल गर्नुको औचित्य नभएको भन्दै नेताहरु उठेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार