श्रावण ७, २०८२ बुधबार July 23, 2025

क्यानको वार्षिक साधारणसभा आजदेखि सुर्खेतमा सुरु हुँदै

दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ । क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ ।

गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो । पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी-२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तै व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताको विषयमा पनि छलफल हुनेछ । लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सले यसअघि नै एकपक्षिय रुपमा सम्झौता रद्द गरिएको जानकारी क्यानसहित राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको थियो । तर क्यानले अझै सेभेन थ्रीबाट लाइसेन्स फि को रकम देखि पुरस्कार रकम पाउन बाँकी नै रहेकोले यस विषयमा साधारण सभाबाटै निर्णय गर्ने जनाएको छ ।

यस बाहेक साधारण सभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल हुनेछ । आर्थिक नियमावली संशोधनको विषयमा पनि छलफल हुनेछ । साधारण सभा वीरेन्द्रनगरस्थि शुभ होटलमा बिहान १० बजे सुरु हुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार