श्रावण ७, २०८२ बुधबार July 23, 2025

इंग्लिस प्रिमियर लिग – बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलो जीत

पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ । इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो ।

भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरेका थिए भने बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।

१५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो ।  ४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा नै ३–० को आरामदायी स्थितिमा अघि बस्यो ।

५१औं मिनेटमा बर्नमाउथका क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । यो जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ ।

पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार