श्रावण ८, २०८२ बिहिबार July 24, 2025

प्रतियाेगिता नसकिदै राष्ट्रपति शिल्ड अर्घाखाँचीकाे उपाधी भूमिकास्थानलाई

रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९  अंक सहित सन्धिखर्क दाेस्राे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता नसकिदै रनिङ शिल्डमा भूमिकास्थान नगरपालिकाले कब्जा जमाएकाे छ ।

प्रतियाेगिता अन्तरगत भलिवल खेल चलिरहेकाे भएपनि प्राप्त अंकका आधारमा ११ अंक सहित भुमिकास्थानले शिल्ड जित्न सफल भएकाे हाे । रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९  अंक सहित सन्धिखर्क दाेस्राे भएकाे हाे ।

 

यस अघि फर्जी खेलाडी विवादले प्रतियाेगिता करिव दुई दिन अवरुद्द भएकाे थियाे । फर्जी खेलाडी मिसाएकाे पुष्टि भएपछि ११ अंक सहित भूमिकास्थान भलिवल खेलबाट बाहिरिएकाे छ भने सन्धिखर्क नगरपालिकाका तर्फबाट १२ पदक प्राप्त भएकाेमा पदक जित्ने तीन खेलाडी फर्जी रहेकाे पुष्टि भएपछि सन्धिखर्ककाे ९ अंक भएकाे छ ।

सन्धिखर्कका तिन पदक खाेसिएकाेमा ८०० मिटर दाैड र १५ सय मिटर दाैड गरि दुई खेलमा दाेस्राे भएकाे शितगंगाकाे खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेकाे छ ।

त्यस्तै चार×चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दाेस्राे भएकाे मालारानीले स्वत: पदक प्राप्त गर्दै एक अंक थपेकाे छ ।

छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनी शून्य अंकका साथ पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया