श्रावण ७, २०८२ बुधबार July 23, 2025

विश्वकपमा छनोट भएको नेपाली यू–१९ टोली स्वदेश फिर्ता

विश्वकपमा छनोट भएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वकपमा छनोट भएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

यूएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो। नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।

आईसीसी यू–१९ विश्वकप एशिया छनोटको बिहीबार सम्पन्न खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको हो।

नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डिङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताउनुभयो। उहाँले सबै खेलाडीले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा यूएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताउनुभयो। उहाँले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताउनुभयो।

त्यस्तै यू–१९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताउनुभयो। उहाँले टुर्नामेण्टमा जाँदा धेरै चुनौती भए पनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको बताउनुभयो। उहाँले विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपना जस्तै भएको बताउनुभयो।

त्यस्तै बलर दीपेश कँडेलले ह्याट्रिक विकेट भन्दा पनि आफ्नो टिमले जितेकोमा खुशी लागेको बताउनुभयो। उहाँले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवको फस्र्ट एण्ड लास्ट ओभर सोचेर बलिङ गरेको बताउनुभयो।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो। यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यू–१९ विश्वकप खेलेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार