श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।

दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता लिएको थियो । तर अन्तिम ५ मिनेट मनाङले अग्रता जोगाउन सकेन। हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २-० ले तथा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको छ ।

आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ। साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया