श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पिएसजीकाे नान्टेसमाथि ४-२ काे सानदार जीत, शिर्षस्थान कायमै

पिएसजीका स्ट्राईकर मेस्सी, जाओविन, डानिलो र एमबाप्पेको गोल निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पिएसजीले  नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।

३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै  खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए ।  यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया