असार २०, २०८२ शुक्रबार July 4, 2025

ई-सिमको विकल्पमा अब आई-सिम आउँदै

सुविधालाई थप सहज र सुरक्षित बनाउन क्वालकमले आई-सिम सुविधा ल्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भौतिक सिमको आवश्यकतालाई कम गर्ने उपयुक्त विकल्प हो, ई-सिम । एउटा देशबाट अर्को देशमा यात्रा गर्दा भौतिक सिम फेर्नुपर्ने झन्झटलाई ई-सिमले कम गरेको छ । यसमा आफू जुन देश जान लागेको हो, त्यही देशको दूरसञ्चार प्रदायकले उपलब्ध गराउने ई-सिम प्रोफाइल एक्टिभेट गर्न सकिन्छ ।

तर, यो सुविधालाई थप सहज र सुरक्षित बनाउन क्वालकमले आई-सिम सुविधा ल्याउने भएको छ । आई-सिम त्यस्तो सिम सुविधा हो, जसलाई सोझै डिभाइसको प्रोसेसरमा इन्ट्रिगेट गर्न सकिन्छ । यसका लागि छुट्‍टै सिम वा चिप राख्नुपर्ने बाध्यता हुँदैन ।

यसले भौतिक सिमको जस्तै काम गर्ने भएपनि ई-सिमभन्दा केही विशेष छ । भौतिक सिम र ई-सिम चिपको तुलनामा निकै नै सानो हुने आई-सिमले १ वर्ग मिलिमिटर क्षेत्र ओगट्छ ।

क्वालकमका अनुसार यो सिम इन्ट्रिगेट गर्न स्मार्टफोन कम्पनीलाई कम खर्च लाग्छ भने यसको कार्यक्षमता पनि ई-सिमको तुलनामा धेरै हुन्छ ।

यो सिम इन्ट्रिगेट गर्दा फोनमा केही स्पेस बाँकी रहन्छ । उक्त स्पेसलाई घटाएर फोन केही सानो बनाउन वा सो ठाउँमा अन्य केही डिभाइस एड गर्नसक्ने हुन्छ । ई-सिमको तुलनामा आई-सिमले कम पावर खपत गर्छ ।

चिप निर्माता कम्पनी क्वाल्कमले मोबाइल डिभाइस सेक्युरिटी कम्पनी थेलससँग सहकार्य गरेको यो प्रविधिको विकास गर्न लागेको हो । कम्पनीले ल्याउन लागेको आई-सिममा ई-सिममा जस्तै पछिल्लो पुस्ताको हाइ-स्ट्यान्डर्ड सेक्युरिटी प्रोटेक्सन हुने बताइएको छ ।

क्वालकमले सन् २०२७ सम्म ३० करोड बढी डिभाइसमा आई-सिम वितरण गर्ने अपेक्षा गरेको छ । यसका लागि कम्पनीले स्न्यापड्रागन ८ जेन टु प्रोसेसर भएका डिभाइसमा आई-सिम सपोर्ट गर्ने बताएको छ ।

तर, यो प्रोसेसर भएको ग्यालेक्सी एस २३ सिरिजमा आई-सिम सपोर्ट हुने/नहुने कम्पनीले पुष्टि गरेको छैन । आई-सिम सपोर्ट हुने विशेषता मिड-रेन्ज, हाइ-इन्ड स्मार्टफोन तथा वेयरएबलमा उपलब्ध हुने बताइएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार