असार २४, २०८२ मंगलबार July 8, 2025

नयाँ योजनाका लागि बजेट छुट्याउन सकिँदैन: राष्ट्र बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनाका लागि बजेट छुट्याउन नसकिने बताएको छ ।

हिजोका योजनाहरु अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अपर्याप्त रहेकाले नयाँ योजनका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको राष्ट्र बैंकले बताएको छ ।

पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन ।

उनले भने, ‘‘नयाँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने हुन्छ । हिजो तयार भएका योजनालाई पुनः प्राथमिकिकरण गर्नु पर्ने हुन्छ । ति सबै योजना हिजो सोचेजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या नै छ ।’’

साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ । साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुर्नकर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताएका छन ।

पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताएका छन ।

उनले भने, ‘‘अहिलेको प्रोसेस धेरै लामो भयो । ठूला खालका ऋणीहरुले मात्रै हिजो पाएको जस्तो देखियो । सानो भन्दा सानो ग्राहकले पनि पाउने गरी कार्यविधि बनाउँदैछौँ । सामान्य पुनकर्जामा २ प्रतिशत व्याज छुट हुन्छ । हिजो राष्ट्र बैंकले ३ र अन्य बैंकहरुले ७ प्रतिशत ब्याज लिँदै आएका थिए । अहिले त्यसलाई घटाएर राष्ट्र बैंकले २ र अन्य बैंकले ५ प्रतिशतमा दिनुपर्ने छ ।’’

सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पु¥याउने निर्णय सरकारले गरेको हो ।

पुर्नकर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पूँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार