श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एम्बाप्पेले तोडे पिएसजीको गोल रेकर्ड

पेम्बेलेको पासमा पाएको गोललाई अन्तिम मिनेटमा पोस्टमा छिराउँदै क्लबको लागि २०१ औं गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवा फरवार्ड केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन्। एम्बाप्पेले शनिबार राति आफ्नो २४७ औं खेलमा २०१ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ता बने।

उनले शनिबार राति पेम्बेलेको पासमा पाएको गोललाई अन्तिम मिनेटमा पोस्टमा छिराउँदै क्लबको लागि २०१ औं गोल गरेका थिए।

एम्बाप्पेको गोलसँगै पिएसजीले गएराति ४–२ को जित निकालेको थियो। तर उक्त खेलमा गोल गर्नका लागि एम्बाप्पेले ९२ मिनेटसम्म धैर्यता गर्नु परेको थियो। यसअघि पिएसजीमा सर्वाधिक  गोलकर्ताको सूचिमा एडिसन काभानी रहेका थिए।

अहिले एम्बाप्पेले उनको रेकर्ड तोडेका हुन्। यो सिजनमा मात्र फरवार्ड एम्बाप्पेले ३० गोल गरेका छन्। गएरातिको खेलमा नान्टेलाई हराउँदा मेस्सी र मेस्सी र ड्यानियालोले पनि गोल गरेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया