मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

१० वर्षीया बालिकामाथि सामूहिक बलात्कार, मकैबारीमा बेहोस अवस्थामा फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पटना । भारतको बिहारस्थित वैशाली जिल्लामा शुक्रबार बिहान एक १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। चकलेटको प्रलोभन देखाएर चार जना पुरुषले मकैबारीमा लगेर सामूहिक बलात्कार गरेको अधिकारीहरुले जनाएका छन्।

गाउँका कृषकहरुले बेहोस अवस्थामा बालिकालाई भेटेका थिए। त्यतिबेला उनी रक्ताम्य थिइन्। तत्काल उनलाई नजिकैको सामूदायिक अस्पताल पुर्‍याइएपनि चिकित्सकले सादर अस्पताल लैजान रिफर गरेका थिए।

‘बालिका गम्भीर ट्रमामा छिन्। हामी उनको स्वास्थ्य सुधारको पर्खाईमा छौँ। त्यसपछि घटनाबारे बुझ्ने छौँ’, वैसालीका डीएसपी नुरुल हकले भने‍।

बालिकाका आफन्तले चार जना पुरुषविरुद्ध जाहेरी दिएका छन्। ती सबै आरोपित फरार रहेको प्रहरीले दावी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार