श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो

जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले  ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

Liverpool beats Manchester United 7-0 - Mothership.SG - News from  Singapore, Asia and around the world

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भन्  युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया