श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एपीएलको दोस्रो र तेस्रो खेल : रोयल खाँचिकोट र इलाभेन व्रदर्श डिभर्ना विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारि चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कलाई पराजित गर्दै रायल खाँचिकोट विजयी भएको छ । टस हारेर पहिले व्याटिको निम्तो पाएको खाँचिकोटले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य पक्ष्याएको सन्धिखर्कले १७ औं ओभरमा सवै विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो ।

यस्तै प्रतियोगिताको तेस्रो अर्थात आजको दोस्रो खेलमा पुष्प वारियर्सलाई पराजित गर्दै इलाभेन व्रदर्श डिभर्ना विजयी भएको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको पुष्प वारियर्स ७० रनमा अलआउट भएको हो ।

जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा जारी प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार र द्वीतिय हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया