बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सबैको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबैको शव भेटिएको छ । हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।

एक नेपाली गाइड र एक कोरियन पर्यटकको शव शनिबार विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले फेला पारेको नेपाली सेनाले जनाएको छ ।

दुवैको शव आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको छ । यसअघि गएको सोमबार एकजना कोरियालीको शव भेटिएको थियो ।

अन्नपूर्ण गाँउपालिका–१ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका मध्ये गएको हप्ताको शनिबार दुईजनाको शव घटनास्थल नजिक मोदी नदी किनारमा भेटिएको थियो ।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो।

कोरियाली नागरिकको शव लिन उनीहरुका आफन्त आएको भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन तथा उडान बन्द भएका कारण अन्यौल भएको छ । उनीहरुको अन्त्यष्टि यतै गर्ने वा स्वदेश नै लैजाने भन्ने बारे परिवारका सदस्यले निर्णय गर्ने कोरियाली दूतावासले जनाएको छ ।

आफ्नो देशका नागरिक हिमपहिरोमा बेपत्ता भएपछि उनीहरुको खोजी तथा उद्धारमा नेपालका लागि कोरियाली राजदूत पार्क यङ सिकले व्यक्तिगत रुपमै चासो देखाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार