श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सहिद स्मारक ए डिभिजन लिग : सातदोबाटोले एपिएफलाई १-० गोलले हरायो

पुलिसमाथि हिमालयन शेर्पाको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।

बुधबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै हिमालयन शेर्पाले १-० गोलको रोमाञ्चक जित निकालेको हो।

शेर्पाका लागि अन्तिम मिनेटमा अमृत श्रेष्ठले गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीले शेर्पाका निशान लिम्बूले प्रहार गरेको पेनाल्टी विफल बनाएका थिए।

पुलिसमाथि हिमालयन शेर्पाको रोमाञ्चक जित, सातदोबाटोले एपिएफलाई हरायो ::  सेतोपाटी संवाददाता :: Setopati

लिगमा पुलिसको लगातार दोस्रो हार हो भने अघिल्लो खेलमा बराबरीमा रोकिएको शेर्पाको पहिलो जित हो।

यता च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल एपिएफ क्लबलाई १-० गोलले पराजित गरेको छ। सातदोबाटोका लागि खेलको ५५ मिनेटमा विलियम असिडेउले गोल गरेका थिए।

लिगमा सातदोबाटोले लगातार दोस्रो जित हात पारेको हो। पहिलो खेलमा जित निकालेको एपिएफ भने सिजनको दोस्रो खेलमा पराजित भयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया