श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एकदिवसीय क्रिकेटमा आसिफको पहिलो शतक पुरा

आसिफको शतकसँगै नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८६ रन बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक पूरा गरेका छन् ।

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले ३५ ओभरको अन्तिम बलमा शतक पूरा गरे । आसिफले १०१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे  ।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।

उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । आसिफको शतकसँगै नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८६ रन बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया