असार २२, २०८२ आइतबार July 6, 2025

प्रहरीको एउटै बटालियनका १२२ जवानमा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको राजधानी दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ ।

अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । सिआरपिएफका जवान संक्रमित भएपछि चासो अधिक भएको छ । स्वास्थ्य मन्त्रालयले सिआरपिएफका प्रमुखसँग के कारणले जवानहरुलाई संक्रमित हुनबाट रोक्न सकिएन भनेर जानकारी लिएको खबरमा उल्लेख छ।

सिआरपिएफको ३१ बटालियन क्याम्प दिल्लीको मयूर विहार फेस–३ मा रहेका जवान संक्रमित भएका हुन् । सो बटालियनमा पछिल्लो दुई दिनमा संक्रमणको दर उच्च भएको जनाइएको छ । यो हप्ताको सुरुमा एक जवानको सफदरजंग अस्पतालमा निधन भएको थियो । शुक्रबार बटालियनका १२ जनामा संक्रमण पुष्टि भएको हो । दुई दिनअघि ४५ जना जवानमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित जवानको मंडावलीमा उपचार भइरहेको छ । सिआरपिएफएका एक पारामेडिकल स्टाफबाट जवानहरुमा संक्रमण फैलिएको आशंका छ ।

यो महिनाको सुरुवातमा ती पारामेडिकल स्टाफमा कोरोना भाइरसको लक्षण देखिएको थियो । अप्रिल २१ मा उनी संक्रमित रहेको पुष्टि भएको थियो । उनलाई दिल्लीको राजिव गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

अप्रिल २४ मा ९ जवानमा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट थप १५ जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्म सबैभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा २२ सय ९३ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । दिल्लीमा सबैभन्दा धेरै ३७ सय ३८ जना संक्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार