श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

शहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार तेस्रो जित

चर्च ब्वाइजले हिमालयन शेर्पालाई १-० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले लगातार तेश्रो जित हात पारेको छ।

आज दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई १-० ले पराजित गरेपछि लिगमा लगातार तेश्रो जित हात पार्न सफल भएको हो ।

पहिलो  पटक ए डिभिजन लिग खेलेको चर्च ब्वाइज युनाइटेडका लागि हिमालयन शेर्पा विरुद्ध  आशिष चौधरीले २० औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो। यो जितसंगै चर्च ब्वाइजले ३ खेलबाट ९ अंक जोडेको छ । हिमालयन  शेर्पा भने ३ खेलमा ४ अंक पाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया