श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पुलिस क्लबलाई हराउँदै होराइजन कपको उपाधि आर्मीले जित्यो

सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जनले १० हजार पुरस्कार पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई शनिबार १००–७० स्कोरले हराउँदै दोस्रो पटक उपाधि जितेको हो । विभागीय डर्बीमा पहिलो र दोस्रो क्वाटरमा झिनो अग्रता लिएको आर्मीले बाँकी क्वाटरमा फराकिलो स्कोर गर्दै जित निकाल्यो ।

विजेता आर्मीले १ लाख ११ हजार र उपविजेता पुलिसले ५५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जनले १० हजार पुरस्कार पाए । आर्मीकै पूर्णबहादुर खड्का उत्कृष्ट प्रशिक्षक भएर ३ हजार प्राप्त गरे । उदीयमान खेलाडी आयोजक होराइजन क्लबका सर्वधन राई भए । उनले ५ हजार पाए ।

पुलिसले सेमिफाइनलमा आयोजक होराइजन हराएको थियो भने । आर्मीले साबिक विजेता टाइम्स कलेज काठमाडौंलाई हराएर गत वर्षको फाइनलको बदला लिएको थियो । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सातौं होराइजन कप बास्केटबल उपाधिका साथ आर्मीका खेलाडी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया