मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

पाकिस्तानमा पोलियो विरुद्धको पाँचदिने अभियान सुरु

दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका बिरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ।

पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि  सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गरेको  हो।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ। सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ।

सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान सुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने छ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा  कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताएका छन्।

त्यसपछि दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ।

सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई खोप दिइने छ। यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन्।

यसअघि पनि त्यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया