असार ६, २०८३ शनिबार June 20, 2026

निवर्तमान राष्ट्रपतिको कार्यकाल केही सामान्य, केही विवादस्पद बन्यो । – रमेशनाथ पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निवर्तमान राष्ट्रपतिको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

उहाँको कार्यकाल केही सामान्य, केही विवादस्पद र केही राजनीतिक दलहरूको आत्मकेन्द्रित स्वार्थको सिकार बन्यो । पहिलो राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्को निर्णय बदर गर्नुभयो भने दोस्रो राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसलाई स्विकार गरे पनि संसद्ले पारित गरेको विधेयकलाई थन्क्याइदिनुभयो ।

दुवै अवस्थामा दलहरूको प्रतिक्रिया आआफ्नो स्वार्थअनुकूल देखियो । यस्तै समस्या भारतमा पनि देखिएको थियो । भारतका दोस्रो राष्ट्रपतिले सेनाको पदोन्नतिमा सरकारले गरेको निर्णय उल्ट्याइदिनुभएको थियो भने एपिजे अब्दुल कलामले संसद्ले पारित गरेको विधेयक थन्क्याइदिनुभयो । तर, त्यहाँका दलहरूले नेपालमा जस्तो स्वार्थकेन्द्रित समर्थन र विरोध गर्ने काम गरेनन् । सबैले एक स्वरमा विरोध गरे ।

सक्रिय राजनीतिमा उहाँको पुनरागमन हुन  सक्ने सम्भावना कति देख्नुहुन्छ ?

मदन भण्डारीको ‘लिगेसी’ लाई निरन्तरता दिन र देशको उच्च ओहोदाका विभिन्न पदमा बसेर काम गरेको अनुभवका आधारमा राष्ट्रलाई थप योगदान दिन उहाँले सक्रिय राजनीतिमा आउन खोज्नुभयो भने आश्यर्च हुनेछैन ।

उहाँ सक्रिय राजनीतिमा फर्किनुभयो भने त्यसले एमाले पार्टी जीवनमा कस्तो प्रभाव पर्ला ?

यतिखेर प्रमुख दलहरूमा मात्र नभई समग्र देशमै नेतृत्वको संकट छ । त्यसैले, दलहरूले मात्र नभई देशले नै नयाँ नेतृत्व खोजिरहेको छ । त्यो चाहना पूरा गर्न एमाले अघि सर्छ या साबिक प्रचलनमै कायम रहन्छ, त्यसले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भविष्यको निर्धारण गर्नेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार