मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

हेटौंडामा चैत ४ गतेबाट अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

चैत ४ गते कैलाश र भीमफेदी, चैत ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर, चैत ६ गढी र इन्द्रसरोवरबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मकवानपुरका पालिकाबीच सम्बन्ध जोड्ने उद्धेश्यसहित हेटौंडामा चैत ४ गतेबाट अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर प्रायोजक तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहने छ । समितिले मंगलबार पालिकाको टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको हो ।

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानले चैत ४ देखि ११ गतेसम्म प्रतियोगिता हेटौंडा–५, पिप्ले क्याम्पा मैदानमा हुने जानकारी दिए । टाइसिटअनुसार प्रतियोगितामा चैत ४ गते कैलाश र भीमफेदी, चैत ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर, चैत ६ गढी र इन्द्रसरोवरबीच प्रतिस्पर्धा हुनेछ ।

चैत ४ गतेको विजेतस“ग मनहरीले र चैत ५ गते हुने राक्सिराङ र थाहाबीचको विजेतास“ग वागमतीले खेल्नेछ । मनहरी र वागमतीले खेलतालिकाअनुसार बाइ पाएका छन् । प्रतियोगिता विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपिया“सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा खेल अवधिभरका उत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार राशि तोकिएको छ । प्रतियोगितामा सहभागी हुन ३० वर्षमुनिका सम्बन्धित पालिकाका खेलाडी हुनुपर्ने र विभागीय टोली वा ‘ए’ डिभिजन खेलेका खेलाडी समावेश गर्न नपाइने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार