बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा एकै दिन थपियो ३९ सय नयाँ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।

अहिलेसम्म कोभिड–१९ बाट भारतमा १५ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सयजनामा संक्रमण पुष्टि भएको छ । यस्तै १९५ जनाको कोभिड–१९ बाट भारतमा पछिल्लो २४ घण्टामा निधन भएको छ ।

संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया