असार ६, २०८३ शनिबार June 20, 2026

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीले ड्राइभ गर्न नसक्ने सरकारले गति लिन सक्दैन । – पुरञ्जन आचार्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइ स्वाभाविक हो कि प्रधानमन्त्रीको बाध्यता ?

धेरै दल मिलेर गठबन्धन बनेको हुनाले यो ढिलाइ स्वाभाविक हो । गठबन्धन ठुलो छ । संसद्को तेस्रो दलका नेताले यसलाई ‘ड्राइभ’ गर्नुपर्ने अवस्था छ । जसले गर्दा उहाँले फुकीफुकी पाइला चाल्नुपर्ने बाध्यता छ । सानोभन्दा सानो गडबढीले पनि ठुलै नोक्सानी हुन सक्छ । यो गठबन्धन कुनै सैद्धान्तिक आवरणमा बनेको होइन । यो त केपी ओलीको विरोधमा बनेको गठबन्धन हो । गठबन्धनमा सामेल सबै दल र तिनका नेतामा ठुला महत्वाकाङ्क्षा छन् । तिनलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बाध्यताले गर्दा यो ढिलाइ भएको हो ।

यो ढिलाइमा गठबन्धनमा रहेका दलहरूबिचको अविश्वास कति जिम्मेवार देख्नुहुन्छ ? 

यो कुनै विश्वासमा अडेको गठबन्धन नै होइन । यो सबैको आआफ्नै स्वार्थमा अडेको छ । कांग्रेसलाई राष्ट्रपति चाहिएको थियो । प्रचण्डजीलाई प्रधानमन्त्री हुनु थियो । साथै, उहाँलाई ओलीजीको त्रासबाट त्राण पनि चाहिएको थियो । अन्य दललाई पनि आफ्ना नेता तथा कार्यकर्ता व्यवस्थापन गर्नुपर्ने चुनौती थियो । यो गठबन्धनको राष्ट्रिय ‘पिक्चर’ नै छैन । त्यसैले, एकअर्काबिचको अविश्वास जहिल्यै कायम रहने देखिन्छ ।

यस्तो अविश्वासबिच यो सरकारले कसरी गति लेला त ?

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीले ड्राइभ गर्न नसक्ने सरकारले गति लिन सक्दैन । यसबाट नियमित प्रशासनसम्म चल्छ । आमनागरिकले त्योभन्दा बढी अपेक्षा नगरे पनि हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार