मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

विजेता आर्मीले बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मङ्गलवार भएको अन्तिम क्वाटर फाइनलमा आर्मीले झापाको रोलिंग क्लबमाथि ४–१ को फराकिलो जीत दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जीतमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले एक एक गोल गरे । पराजित रोलिंग क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित भए । उनले नगद १० हजार पाए । आजको क्वाटर फाइनल खेलसँगै इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पनि पुरा भएको छ ।

आजको विजेता आर्मीले बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।

भोलिको पहिलो सेमिफाइनल खेल साबिक विजेता सगरमाथा क्लब मोरङ र ए डिभिजन क्लब मच्छिन्द्रबिच हुनेछ । मछिन्द्रले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो भने सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार हुने फाइनल खेल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार