असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १५ हजार ५२५ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६१७ पुगेको छ । त्यस्तै गुजरातमा ६ हजार दुई सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ३६८ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि तीन हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४० जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार आठ सय ८० जनामा संक्रमण देखिँदा ५६ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार