असार २०, २०८२ शुक्रबार July 4, 2025

करोडौंका उपकरण किन्ने मन्त्रीपरिषद्को निर्णय गोप्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले यो निर्णय गोप्य राखेको छ। नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो। सरकारका प्रवक्ता अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे केही बताएका छैनन्। ‘हाल आवश्यक नरहेको सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीका लागि थप एउटा वाटर क्यानन र पाँचवटा सिमुलेटर खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा राखेका थिए। नेपाल प्रहरीसँग हाल सातवटा वाटर क्यानन छन्। गत वर्ष मात्रै पाँचवटा वाटर क्यानन किनिएको थियो। कोरोना संकटका बेला थप वाटर क्यानन आवश्यक नभए पनि किन्ने निर्णय गरिएको स्रोतको दाबी छ। विभिन्न मन्त्रालयबाट अघि बढाइएका खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीलाई तत्काल आवश्यक नरहेको वाटर क्यान किन्ने निर्णय गरेपछि यसमा चलखेल भएको आशंका गरिएको स्रोतले बतायो।

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। आवश्यक हतियार खरिद गर्न नसकेका बेला तत्काल नभए पनि हुने सिमुलेटर र वाटर क्यानन किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापालाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एउटा वाटर क्याननको मूल्य चार करोड रुपैयाँभन्दा बढी पर्छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार  प्रहरीले जुलुस, भीड नियन्त्रणमा लिन सुरुमा पानीको फोहोरा हान्नुपर्छ।

सोही अनुरुप भीड तितरबितर पार्न वाटर क्यानन प्रयोग हुँदै आएको छ। अश्रुग्यास प्रहार गर्दा  मानिस घाइते र बिरामी हुन सक्ने भएकाले भीड नियन्त्रणमा वाटर क्यानन प्रयोगलाई राम्रो मानिन्छ। यसले निश्चित क्षेत्रमा तीव्र गतिमा पानी फ्याँक्ने गर्छ। वाटर क्यानन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो। त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन्। सिमुलेटर गोली ताकेर हान्ने तालिमका लागि आवश्यक पर्ने उपकरण हो। यस बाट ठीक ठाउँमा गोली प्रहार गर्ने तरिकाबारे जानकारी लिन सकिन्छ।

गृह मन्त्रालय स्रोतका अनुसार एउटा वाटर क्यानन र पाँच थान सिमुलेटर खरिद मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो। लकडाउनकै बेला सरकारले नेपाल प्रहरीलाई सूचना प्रविधिसम्बन्धी  सामान पनि खरिद गर्न अनुमति दिएको छ। ‘केही मन्त्रालयको खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीका लागि तत्काल आवश्यक नभएका उपकरण किन्ने विवादित निर्णय किन ग¥यो भन्नेबारे बुझ्न सकिएन। नेपाल प्रहरीलाई अहिले आवश्यक छैन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

मन्त्रिपरिषद्ले  राहदानीसम्बन्धी नियमावली, २०७७  स्वीकृत गरेको छ। त्यस्तै भुटानी शरणार्थी शिविरमा रहेका विद्यार्थीलाई परेको अप्ठेरो फुकाउँदै शिक्षाको उचित प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी फौजदारी कसुरपीडित राहत कोष स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ। नागरिक दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार
माछा मार्न गएका युवकलाई गोहीले मार्यो
२०८२ असार २०, शुक्रबार