असार ६, २०८३ शनिबार June 20, 2026

भूमिहीन सुकुम्बासीलाई विकल्पविना जबर्जस्ती उठाएर लखेट्न मिल्दैन । – एमाले नेतृ, पदमा कुमारी अर्याल (अन्तवार्ता)

भूमिहीन सुकुम्बासीको व्यवस्थापनविना वैज्ञानिक भूमिसुधार सम्भव छैन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भूमिहीन सुकुम्बासी तथा अव्यस्थित बसोबासीको समस्यालाई कसरी हेर्नुभएको छ ?

विगतमा मन्त्रीका रूपमा काम गर्दै गर्दा मैले यो समस्यालाई निकै नजिकबाट महत्वका साथ हेर्ने अवसर पाएँ । हामीले यससम्बन्धी काम निकै तीव्रतासाथ अघि बढाएका पनि हौँ । तर, नियमावली बनाउने, आयोग गठन गर्नेलगायत काम झन्झटिलो भएकाले केही ढिलो भयो । तैपनि, हामीले १४ लाखभन्दा बढी भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा पुगिसकेका थियौँ । तर, सरकार परिवर्तनसँगै पुरानो आयोग विघटन भयो र नयाँ आयोग बन्यो । जसले गर्दा अन्तिम चरणमा पुगिसकेको त्यो काम अलपत्र पर्‍यो

काठमाडौं महानगरले सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई बस्ती खाली गराउन सूचना गरेको छ । यसमा के भन्नुहुन्छ ?

नदी किनार या सार्वजनिक जमिनमा बस्नेजति सबै भूमिहीन सुकुम्बासी नै हुन् भन्न सकिन्न । तर, यसको पहिचान गर्ने निकाय स्थानीय तह होइन, भूमि आयोग हो । आयोगले भूमिहीनका रूपमा पहिचान गरेका जनतालाई बसोबास गर्ने ठाउँ दिनु राज्यको दायित्व हो । नदीकिनारको बसोबास जोखिमपूर्ण हुन्छ । त्यसैले, उहाँहरूलाई सुरक्षित स्थानमा बसोबास गराउनु जरुरी छ । तर, विकल्पविना जबर्जस्ती उठाएर लखेट्न मिल्दैन ।

भूमिहीन सुकुम्बासीका समस्या कसरी समाधान गर्न सकिएला ?

भूमिहीन सुकुम्बासीको दिगो र भरपर्दो व्यवस्थापनविना वैज्ञानिक भूमिसुधार सम्भव छैन । राज्यले वास्तविक भूमिहीन पहिचान गरी तिनलाई ओत लाग्ने ठाउँ दिन ढिलासुस्ती गर्नु हुँदैन । निश्चित मापदण्ड बनाएर समस्या समाधानमा लागिपर्ने हो भने समाधान सम्भव छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार