भाद्र २, २०८३ मंगलबार August 18, 2026

नेपाल टेलिकमको स्प्रिङ अफर : १२ हजार रुपियाँमा २० एमबीपीएस इन्टरनेट

एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न अफर सञ्चालनमा ल्याएको हो ।

कम्पनीले अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाएको छ । यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुनेछ ।

कम्पनीले एकवर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ ।

यस्तै एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपियाँमा २० एमबीपीएसको इन्टरनेट र तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइनेछ । भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार
१५ शय्याको गोकुलेश्वर अस्पतालमा जनशक्ति अभाव, प्रादेशिक अस्पताल बनाउने योजना अझै अधुरो
२०८३ भाद्र २, मंगलबार
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार