मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसीसी मेन्स प्रिमियर कपमा यूएईले कुवेतलाई हरायो

कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः एसीसी मेन्स प्रिमियर कपमा यूएईले कुवेतलाई १ सय ४३ रनकाे भारी अन्तरले हराएकाे छ ।

यूएईले दिएकाे ३ सय ७२ रनकाे विशाल लक्ष्य पछ्याएकाे कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयाे । कुवेतका लागि सयद माेनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायाे । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र राेहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएकाे अवस्थामा अरविन्द र मुस्तफाले चाैथाे विकेटका लागि २ सय ७५ रनकाे साझेदारी गरेपछि यूएईले विशाल याेगफल बनाएकाे हाे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २/२ विकेट लिए ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजाे मङ्गलवारदेखि सुरु भएकाे प्रतियोगिता आउँदाे १८ गतेसम्म हुनेछ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया