काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज साँझ भएको खेलमा फ्रेन्ड्सले संकटा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी ,टोरीक जेब्रिन र राफिक एमिनुले एक एक गोल गरे । संकटाका लागि जुनियर एनकेनगुएले गोल एक गोल गरे।
जितपछि फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । संकटा १५ अंकका साथ जोडेर सातौं स्थानमा रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया