भाद्र २, २०८३ मंगलबार August 18, 2026

४ जीबी र्‍याम र ४८ मेगापिक्सेल क्यामेरा भएको सस्तो बेन्को फोन

स्मार्ट फोनमा थप ३ जीबी भर्चुअल र्‍याम बढाउन मिल्ने सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली बजारमा विभिन्न ब्रान्डका बजेट फोन उपलब्ध छन् । तीमध्ये एक हाे, बेन्को । ​बेन्काेले बजारमा हालै ‘बेन्को एस वान’ (Benco S1) स्मार्टफाेन ल्याएकाे छ, जसकाे मूल्य १५ हजार रुपैयाँ रहेकाे छ ।

यो फोनमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता छ । यसमा १६४० पिक्सेल रेजाेलुसन भएको ६.८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । डिस्प्लेमा बेजल्स कम गर्न क्यामेरालाई पञ्च होलमा राखिएको छ, जसले गर्दा गेम खेल्दा, सामाजिक सञ्जाल र समाचारहरु पढ्दा वा भिडियो हेर्दा राम्राे अनुभव लिन सकिन्छ ।

फोनको माथिपट्टि ३.५ एमएमको अडियो ज्याक पोर्ट रहेको छ । त्यस्तै दायाँपट्टि साउन्ड कन्ट्रोल गर्ने बटनसँगै फिङ्गर सेन्सर सहितको पावर अन/अफ बटन रहेको छ । फोनको तलतिर माइक, टाइप-सी चार्जिङ पोर्ट र स्पिकर छ ।

यो फोन एन्ड्रोइडको पछिल्लो भर्सन एन्ड्रोइड १३ मा आधारित छ । त्यसैले एन्ड्रोइड १३ मा उपलब्ध फिचर र सुरक्षा यो फोनमा पाउन सकिन्छ । फोनमा युनिसक टाइगर टी ६०६ ओक्टा कोर (UNISOC Tiger T606 Octa Core) प्रोसेसर छ । त्यस्तै फोनमा थप ३ जीबी भर्चुअल र्‍याम बढाउन मिल्ने सुविधा दिइएको छ ।

फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । यसमा अल्ट्रा वाइड क्यामेरा भने छैन । तर एउटा ‘एआई क्यामेरा’ भनेर उपलब्ध गराइएको छ । साथमा २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ ।

त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यसमा ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले १८ वाटको चार्जिङ सपोर्ट गर्छ, जसबाट मोबाइल फुल चार्ज हुन २ घण्टाजति समय लाग्ने बताइएको छ । कम्पनीले बक्सभित्र फाेनसँगै चार्जर, इयरफोन, प्लास्टिक कभर र स्क्रिन प्रोटेक्टर उपलब्ध गराउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार