मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

रोहित र अभयलाई दोस्रो डबल्स ब्याडमिन्टन उपाधि

रितेश थापा र मोहाम्द  हुसेनलाई २–० को सेटमा हराउँदै उपाधि जित्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले हात पारेका छन् ।

रोहित र अभयले कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन सङ्घको समन्वयमा भएको प्रतियोगितामा रितेश थापा र मोहाम्द  हुसेनलाई २–० को सेटमा हराउँदै उपाधि जितेका हुन् ।

सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सुभाष कुवर र आभ थारु तेस्रो भए । यस्तै यू–१७ गल्र्समा सबिना परियार पहिलो, अनिशा थारु दोस्रो तथा रविना र बिपना कोरी तेस्रो भए । यू–१५ ब्याइजमा विशेष बस्नेत पहिलो, निखिल परियार दोस्रो तथा राज घिमिरे र बिस्नु बस्नेत तेस्रो भए ।

यू–१७ ब्वाईजमा शिवम् कसौधन पहिलो, मुनाल सिंह क्षेत्री दोस्रो तथा सुधेश भुसाल र अरुन थारु तेस्रो भए । विजेतालाई प्रदेश सदस्य सुधाकर पाण्डेयले पुरस्कार प्रदान गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया