मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिगमा चर्च ब्वाइजले सातदोबाटोलाई २-१ गोल अन्तरले हरायो

सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा झर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले सातदोबाटो युथ क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

चर्च ब्वाइजको लागि आशिष चौधरी र मिलन राईले एक एक गोल गरे । सातदोबाटोका लागि निरज चौधरीले एक गोल गरे।

चर्च ब्वाइजले १० खेलमा १८ अंक जोडेको छ । चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा झरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया