श्रावण ४, २०८२ आइतबार July 20, 2025

भिभो भी सिरिजका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक

‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले भी सिरिज अन्तर्गतको ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक गर्दै यसका लागि प्रिबुकिङ पनि खुलाएको हो ।

ग्राहकले ३,००० रुपैयाँ तिरेर वैशाख २५ देखि ३१ गतेसम्म यी फोनको प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । भी २७ फाइभजीको प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी २७ ई को प्रि बुकिङमा नोइज लर फिट ग्राण्ड स्मार्टवाच सित्तैमा पाउन सकिनेछ ।

कम्पनीका अनुसार यी दुवै फोन ५० प्रतिशत चार्ज हुन १९ मिनेट लाग्छ । यी दुवै स्मार्टफोनमा ४६०० एमएएच ब्याट्री सहित ६६ वाटको फ्ल्यास चार्जको सुविधा दिइएको छ । दुवै फोनको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट जेठ १ बाट देशभरका सबै रिटेल स्टोर र ई-कर्मस प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

भी २७ फाइभजी

यो फोन भिभोको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्क्रिन भएको फोन हो । यसमा पोर्ट्रेट फोटोग्राफीका लागि औरा लाइट पोर्ट्रेट फिचर उपलब्ध गराइएको छ जसले प्रयोगकर्ताको फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।

यसमा ५० मेगापिक्सेलको अल्ट्रासेन्सिङ मूख्य क्यामेरा र ५० मेगापिक्सेलको अटोफोकस सेल्फी क्यामेरा दिइएको छ । यी दुवै क्यामेरामा सोनी आईएमएक्स ७६६ भी सेन्सर रहेको छ ।  यसले गर्दा रातको समयमा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीले बताएको छ ।

यसमा ४ एनएमको मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ । यो फोन म्याजिक ब्लू र नोबेल ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ५८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भी २७ ई

यो फोनमा १२० हर्जको एमोलेड डिस्प्ले उपलब्ध छ । मिडियाटेक हेलियो जी ९९ प्रोसेसर भएको यो फोनमा ओआईएस अल्ट्रा सेन्सिङको ६४ मेगापिक्सेलको मूख्य क्यामेरा छ । त्यस्तै ३२ मेगापिक्सेलको एचडी सेल्फी क्यामेरा रहेको छ । यो फोन ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार