श्रावण १६, २०८३ शनिबार August 1, 2026

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा भारी वर्षाको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनेकाले नेपालमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर सर्ने भारतिय मौसम विज्ञान विभागले जनाएको छ ।

चक्रवातको प्रभाव मे २१ (चारदिन) सम्म रहनेछ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ ।

‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ,‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २/३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
२०८३ श्रावण १६, शनिबार
गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी
२०८३ श्रावण १५, शुक्रबार
पूर्वी जिल्लाको तनावपछि सर्लाहीमा सुरक्षा कडा, सीमा प्रवेशमा नयाँ व्यवस्था
२०८३ श्रावण १५, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ अफ्रिकन आप्रवासीको गयो ज्यान
२०८३ श्रावण १५, शुक्रबार
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
२०८३ श्रावण १५, शुक्रबार
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
सुनचाँदीको मूल्य फेरी बढ्यो
२०८३ श्रावण १५, शुक्रबार