असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना भाइरसविरुद्धको खोपको परीक्षणः पहिलो चरणमा सकारात्मक नतिजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ।

अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरी परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको निर्माता कम्पनीले बताएको छ ।

सम्भावित खोपको डोज दिइएका सुरुका ८ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला परेको मोर्देनाले उल्लेख गरेको छ । ती व्यक्तिलाई सुरक्षित रुपमा खोपको डोज दिइएको थियो ।

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको प्रतिरोधात्मक प्रणालीले गर्ने प्रतिक्रिया र परीक्षणको क्रममा खोप दिइएका स्वस्थ व्यक्तिको प्रतिरोधात्मक क्षमताले गर्ने प्रतिक्रिया उस्तै रहेको पनि जनाइएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) को नेतृत्वमा नेशनल इन्स्टिच्युड अफ हेल्थमा ४५ जना स्वस्थ व्यक्तिहरु स्वतन्त्र रुपमा सम्भावित खोपको तीन मध्ये एक डोज लिनका लागि तयार भएका थिए ।

मोदेर्नाका अनुसार पहिलो चरणको डोज लिएका ८ जनाको शरीरमा बनेको एन्टिबडीले कोभिड–१९, सार्स–कोभी–२ विरुद्ध लड्ने क्षमता देखिएको छ । सो क्षमता कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिको सरह वा त्यो भन्दा माथि देखिएको मोदेर्नाले उल्लेख गरेको छ ।

पहिलो चरणको परीक्षण खोपको प्रभावकारिता परीक्षण गर्न भन्दा पनि सो खोप प्रयोग गर्नु स्वास्थ्यका हिसाबले सुरक्षित हुन्छ या हुँदैन भन्ने थाहा पाउनुमा केन्द्रित छ । तर पहिलो चरणकै परीक्षणमा यसले कोभिड–१९ को उपचारमा सकारात्मक नतिजा देखाएकाले थप परीक्षणका लागि उत्साहित बनाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

सम्भावित खोपले कोरोना भाइरसको संक्रमण वा कोभिड–१९ विरुद्ध वास्तममा काम गर्छ या गर्दैन भन्ने थाहा पाउनका लागि वृहत स्तरको परीक्षण आउँदो जुलाईको सुरुवातदेखि थालनी हुने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको खोजी गर्ने कार्य अति तीव्र गतिमा भइरहेको छ । विश्वभर हाल झण्डै ८० वटा समूहले खोपको खोजीमा काम गरिरहेका छन् ।

एमआरएनए–१२७३ नाम गरेको सम्भावित खोप मानवीय परीक्षणमा लैजाने मोदेर्ना पहिलो कम्पनी हो । खोपमा कोरोना भाइरसको जेनेटिक कोडको अति सानो अंश रहन्छ, सो खोप व्यक्तिमा दिइन्छ।

खोपका कारण संक्रमण वा कोभिड–१९ को लक्षण देखिँदैन, तर खोप मार्फत दिइएको कोरोना भाइरसको जेनेटिक कोडको अति सानो अंशले कोरोना भाइरस विरुद्ध लड्ने प्रतिरक्षा प्रणाली सिर्जनाका लागि बल प्रदान गर्छ ।

अहिले सम्भावित खोपको परीक्षणका लागि तयार भएका ४५ जना मध्ये पहिलो चरणमा खोप लिएका ८ जनाको नतिजा आएको हो ।

परीक्षणका लागि रहेका व्यक्तिहरुले खोपको न्यून, मध्यम र उच्च डोज लिने छन् । उच्च डोजको अधिक साइड इफेक्ट हुने देखिन्छ ।

खोपको सबैभन्दा कम या न्यून डोज लिएका व्यक्तिको एन्टिबडी तह पनि कोभिड–१९ बाट निको भएकाहरुको स्तरमै देखिएको मोदेर्नाले उल्लेख गरेको छ । मध्यम डोज लिएकाहरुमा एन्टिबडीको मात्रा कोभिड–१९ बाट निको भएकाको भन्दा स्पष्ट रुपमा धेरै देखिएको छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यायलका अनुसन्धानकर्ताले निर्माण गरेको खोप पनि हाल मानवीय परीक्षणमा छ । तर त्यसको रिपोर्ट भने आएको छैन । बाँदरमा गरिएको परीक्षणमा भने सकारात्मक रहेको छ ।

(यो सामग्री बिबिसी र टाइमको सहयोगमा तयार पारिएको हो ।)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार