असार २३, २०८२ सोमबार July 7, 2025

गाउँ सुनसान, पाटन भरिभराउ

लेकको पाटनहरुमा उग्लिएका स्थानियहरुमा यार्सा टिप्नेको घुँइचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वर्षेनी यार्साटिप्ने सिजनमा मनग्गे आर्थिक जोहो गर्नका लागी जिल्लाको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिका वस्तीका चौध गाउँका स्थानियहरु पाटन तिर लागे पछी गाउँ नै सुनसान भएका छन् ।

कार्मारोङ गाउँपालिकाका गाउँ दोल्फु ,चिताई ,मुगु ,किम्री,कार्ति,माग्री, पुअ, रिउस, दाउरा, सेरोग, मह, माग्री लगाएतका गाउँहरुका स्थानिय वासी यार्साको खोजीका लागी जेठको पहिलो साता, गएको शुक्रवार देखी बन क्षेत्र र पाटनमा यार्सासंकलनकालागी घर बाट हिडेपछी युवा,युवती देखी दुधे वालक च्यापेर महिला सहित घरमा ताल्चा ठोकेर लेक तिर लागे पछी गाउँ सुनसान रहेका हुन ।

गाउँमा वृद्धावृद्ध,अपाङ्घ, र घर कुर्ने मात्र रहेपनी गाउँमा युवा,युवती शुन्य रहेका छन भने गाउँमा रहेका स्थानियहरु विरामी परेपनी स्याहार गर्ने सम्म छैनन् । गाउँमा पशु,चौपाया हेरालाका लागी दुई,तिन घरको एक जनाले हेर्ने सम्म गरेर यार्साको खोजीका लागी लेकतिर गएकाले स्थानिय गाउँ एक महिना सम्म सुनसान रहेको कार्मारोङ ६ पुअका आङडा लामाले वताए ।

वर्षेनी यार्साको सिजनमा सवै व्यवासाय र खेतीपाती वन्द गरेर यहाँका स्थानिय वासी लेकमा जाने गर्दछन । तर गएका २ बर्षमा कोविडका कारण पाटन तिर भने नगएकाहरु यो बर्ष लेक तिर जानेको संख्या भने बढी रहेको छ । सामान्य आय भएकाहरु यार्साको कमाईलाई वर्षभरीका लागी घर खर्च चलाउने गर्दछन भने ठुला व्यवासायीक व्यापारीहरु यार्सालाई व्यापारको आधार वनाउने गर्ने गर्दछन् ।

यार्साको कमाई नै प्रमुख मान्ने यि वस्तीहरुका स्थानियहरु यार्साकासिजनमा सवै गाउँमा अन्य काम छाडेर पाटनमा लागेकाले गाउँमा चालु आर्थिक बर्षका विकास निमार्णका योजनाहरु समयमा सम्पन्न गर्न साना ठुला विकास निमार्णका काम पनी ढिलाई हुने र सम्पन्न गर्न प्रभावित पर्ने भएको कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाष रावलले जानकारी दिए । साथै यो वर्ष यार्सा संकलनको बन प्रवेस दस्तुर ४० लाख ८ हजार संकलन भएको प्रमुख प्रशासकिय अधिकृत रावलले जनाए ।

लेकको पाटनहरुमा उग्लिएका स्थानियहरु मुगु ,कोईकी, टाके, सानोकोइकी रिमार, हाङदाङखोला, छापाखोला, दोल्फुको वन क्षेत्रका पाटनमा पाल र ओढारमा यार्सा टिप्नेकोे भरी भराउ भएका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार