असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनावाट विश्वभर ३ लाख २४ हजारको मृत्यु, ४९ लाख ८२ हजार संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । वल्डोमिटर्सको बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ यि ७५ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ५ सय ७० भन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

त्यस्तै विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ५ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन् । प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४ सय ४३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाखको स्वास्थ्य अवस्था सामान्य छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । भने देशभर ९३ हजार ५ सय ३३ जनाको कोरोनाकै कारण ज्यान गएको छ । त्यस्तै १५ लाख ७० हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् ।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार उपत्यकामा ५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार