वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन्।

सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे। प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्‌बाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्ने विश्वास व्यक्त गरे।

उनले सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफूले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिका सदस्यलाई आग्रह गरे। १५ सदस्यीय सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो। समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपाका १, राप्रपाका १ र जसपा १ सांसदको प्रतिनिधित्व छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार